Wednesday, May 29, 2013

भारतका एक कुख्यात अपराधी बब्लु काठमाडौँमा पक्राउ

३६ जनाको हत्या, दुई दर्जन लुटपाट र दर्जनौ फिरौती असुलीका घट्नाका मुख्य अभियुक्त बब्लु भनिने मिथलेश यादवलाई नेपाल प्रहरीले मंगलबार राती राजधानीको सितापाइला पक्राउ गरेको छ। News-May-29th-2013३ महिनाको प्रयासपछि प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको नारायणी अञ्चल प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको बब्लु भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए।  २००९ को डिसेम्बरमा एक प्रहरीले हत्या सम्बन्धि मुद्दाको सुनुवाईको लागि प्रहरी लैजादै गर्दा भारत बिहारको मोतिहारीस्थित अदालत परिसरबाटै बब्लु भागेका थिए।त्यसयता बिगत ३ बर्षदेखि बिहार राज्यमा आतंकका फैलाइरहेका थिए। २००१ देखि २००९ को बिचमा चारपटक गरी ८ बर्षको काराबासमा दुबेले खडा गरेको ‘बिहार पिपुल लिब्रेशन आर्मी’ भन्ने अपराधिक समुहले इन्जिनियर र सरकारी कर्मचारीसहित अहिलेसम्म ३६ जनाको हत्या गरीसकेको प्रहरीको दाबी छ। यसमध्ये ६ हत्या आफैले गरेको स्वीकार गरेका छन्। बिहारमा बब्लुबिरुद्ध बैंक डकैती, लुटपाट र धम्की लगायतका मुद्दाहरु लगाइएको छ। बब्लुको साथबाट पौने २ लाख नेपाली तथा ६० हजार भारती रुपैया र नेपाली सिमकार्ड सहित ५ थान मोबाईल बरामद भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Label 3

funny


sknepal sknepal
नेपाली Nepali
गृहपृष्ठ | हाम्रो बारेमा| बिज्ञापनको लागि | समाचार पठाउनुहोस् | सेभ गर्नुहोस्
ताजा खबर »
प्रदेशमा नेपाली चेलि मैले पनि भगाएँ.. शान्ति र संविधानमा दलका नेताहरुले चासो राख्नुपर्छ : राष्ट्रपति पाँचबुदे सहमतिको कार्यान्वयन अत्यावश्यक : सिंह माओवादी एकढिक्का भएर अगाडि बढ्छ : दाहाल SK Nepal मिति : २०६८ श्रावण १४, शनिवार
11111111111111111111111

Followers

FUNNY

Recent Post