फडिन्द्र अकिञ्चन,डिसीनेपाल डटकम संवाददाता - गणतन्त्र दिवसको अवसर पारेर पोखरामा परिवर्तित सन्दर्भमा निर्वाचन प्रणालिको व्यवस्थापन अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागि नागरिक समाजको संजाल कास्की र माअव अधिकार संरक्षण मंच नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्मुख अतिथि संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचन प्रणालिका वहुआयामिक पक्षहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै ज्ञवालीले प्रधानमन्त्री रेग्मीको नेत्तृत्वको सरकार अवैधानिक भएको भन्दै रेग्मीको नेत्तृत्वको सरकारले राजिनामा दिएर दलहरुको अध्यक्षतामा नयाँ सरकार वनाउनु पर्ने आवश्यकता औलाए ।
उनले वैधानिक सरकारले मात्र चुनाव गराउन सक्ने जिकीर गर्दै तत्काल राजिनामा दिनुपर्ने आवश्कयता औलाएका हुन् । उनले संविधानलाई वाधा अड्काउ आदेशले संशोधन गर्न नसक्ने संविधानवाद्को सिद्धान्त विपरित प्रधानन्यायाधिसलाई मन्त्रीपरिषद्को अध्यक्ष वनाउनु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको वताए । साथै नेपालको स्वाभिमान र राष्ट्रिय अखण्डतालाई चार दलले धरसायी वनाउदै संविधानवाद्को प्रतिकुल निर्णय गरेर वाधा अड्काउ आदेस जारी गरिएको धारणा व्यक्त गरे ।
मानव अधिकार संरक्षण मंचका केन्द्रीय कोषाध्यक्ष शशी कुमार उपाध्याय, मंच कास्कीका अध्यक्ष कमल प्रसाद अर्याल, मानवअधिकार कर्मी नेता टेकनाथ वराल, वरिष्ट अधिवक्ता तिलक आचार्य र रामप्रसाद घिमीरे, अधिवक्ता सुरेन्द्र थापामगर, वुद्धिजिवी वावुराम पौडेल, डा भवानी पाण्डे, पापड कास्कीका अध्यक्ष ओम शर्मा लगायतले वोलेका थिए । शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष विष्णु प्रसाद वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शिव पौडेलले गरेका थिए ।

गोरखापत्र

No comments:
Post a Comment